१५ फागुन २०८१

दश दिनदेखि किशोरी सम्पर्कविहीन

१६ भाद्र २०७६, सोमबार ११:२७ मा प्रकाशित

वालिङ, १६ भदौ  यहाँकी एक किशोरी १० दिनदेखि काठमाडौँबाट सम्पर्कविहीन भएकी छन् । स्याङ्जाको चापाकोट–९ घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि सम्पर्कविहीन भएकी आमा सरस्वती डोटेलले बताउनुभयो । भदौ ७ गते पुल्चोक इञ्जिनीयरिङ कलेजमा प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएपछि अहिलेसम्म उनको केही अत्तोपत्तो नलागेपछि आफूहरु चिन्तामा डुबेको आमा सरस्वती डोटेलले दुखेसो गर्नुभयो । सरस्वतीले भन्नुभयो “यतिका दिन भयो जताततै खोजिरहेका छौँ र पनि यताउता कतै अत्तोपत्तो छैन, छिटोभन्दा छिटो छोरीको अत्तोपत्तो लाउन पाए हुन्थ्यो ।” काठमाडौँबाट हराइरहेकी रेजिनाको पोखरा बागमारास्थित सेतीनदी किनार मझौरेघाटमा उनको कागजातसहितको झोला आइतबार फेला परेको बेपत्ता किशोरीका मामा दिवस भण्डारीले बताउनुभयो । दिवसले भन्नुभयो, “झोला तथा कागजात नदी किनारमा फेला परेकाले झोला भेटिएको स्थानदेखि तलतिरका ठाउँमा प्रहरी, स्थानीयवासी, परिवारजन तथा आफन्तहरुले निरन्तर खोजीकार्यलाई जारी राखेका छौँ ।” मानसिक अवस्था तन्दुरुस्त रहेकी भाञ्जीले मोबाइल तथा सामाजिक सञ्जालको प्रयोगसमेत नगर्ने गरेको दिवसले बताउनुभयो । रेजिना काठमाडौँस्थित गोल्टेनगेट कलेजमा कक्षा १२ मा विज्ञान विषय अध्ययनरत छात्रा हुन् ।

तपाईंको प्रतिकृयाहरू

gandaki province

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter