१२ फागुन २०८१

मुस्ताङको चराङमा सिँचाइ

१३ भाद्र २०७६, शुक्रबार १३:५८ मा प्रकाशित

गलेश्वर, १३ भदौ        हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङको चराङमा रु एक करोड १४ लाखको लागतमा ‘मेकी युरा सिँचाइ आयोजना’ निर्माण भएको छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा उक्त आयोजना निर्माण सम्पन्न भएको हो । उक्त आयोजनापछि सिँचाइ अभावमा कृषि उत्पादनबाट बञ्चित हुँदै आएका कृषक लाभान्वित भएका छन् । गण्डकी प्रदेश सरकारको रु ७९ लाख र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको रु ३५ लाख गरी कूल रु एक करोड १४ लाखको लागतमा चराङ खोलादेखि साढे एक किलोमिटरको नहर निर्माण गरी सिँचाइको व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले जानकारी दिनुभयो । अध्यक्ष विष्टका अनुसार कृषि उत्पादन (स्याउ, फापर, आलु र रायोको साग) को प्रशस्त सम्भावना रहेको विकट स्थानमा सिँचाइ सुविधा पुुगेपछि चराङवासीले खुशी व्यक्त गरेका छन् । चराङमा १०६ घरधुरीको बसोबास रहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी गण्डकी प्रदेशसभाका सदस्य इन्द्रधारा विष्टले आयोजनाको सञ्चालनसँगै सिँचाइसँगै चराङ लघुजलविद्युत् आयोजना सञ्चालन गर्नसमेत सहज हुने बताउनुभयो । उहाँले सिँचाइ सुविधा पुगेपछि चराङमा अब उवा, फापर, तोरी, आलु, केराउलगायत विभिन्न कृषि उत्पादनका साथै स्याउ उत्पादनमा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । “मेकी युरा सिँचाइ आयोजना सम्पन्न भएसँगै चराङवासीमा कृषि उत्पादनप्रति नयाँ उत्साह पनि थपिएको छ”, उहाँले भन्नुभयो । चराङमा सिँचाइ नहुँदा स्थानीयवासीले वर्षमा एक पटक मात्र खेती गर्दै आइरहेको बताउँदै उहाँले “अब भने गाउँमा सिँचाइ सुविधा पुगेपछि खेतीपाती गर्न पनि सजिलो हुन्छ”, भन्नुभयो । त्यसैगरी चराङमा विमानस्थल निर्माणको समेत सम्भाव्यता अध्ययन हुने बताउँदै उहाँले अब उपल्लो मुस्ताङको समेत विकास निर्माणको माध्यमबाट विकटलाई पनि निकट बनाउनेतर्फ आफू लाग्ने जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

gandaki province

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter