पोखरा, २४ साउन जनप्रतिनिधिहरु सुविधाभोगी भएको यदाकदा चर्चा सुनिने गरिएको वर्तमान अवस्थामा यहाँका एक निर्वाचित प्रतिनिधिले आफूले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाउनुभएको छ । कास्की जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँले आर्थिक वर्ष २०७५÷७६ मा आफूले प्राप्त गरेको पारिश्रमिक र भक्तासहितको रु एक लाख ५० हजार समाजको शैक्षिक, सामाजिक, धार्मिक एवं विकास निर्माणमा लगानी गर्नुभएको हो । पोखरा–१७ स्थित प्रगतिटोलमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले उहाँले उपलब्ध गराउनुभएको रु ११ हजार ४०० बराबरको एक बण्डल जस्तापाता मैना विकलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा पोखरा–१५ सिद्ध मावि अक्षयकोष स्थापनार्थ रु १२ हजार ५००, स्यानीपाटन बहुउद्देश्यीय भवन रु २१ हजार ६००, गण्डकी रिभर साइड युवा क्लबको बहुउद्देश्यीय भवन निर्माणका लागि रु ११ हजार ४०० वितरण गरेको बानियाँले जानकारी दिनुभयो । त्यसैगरी पोखरा–२१ स्थित जनचेतना माविका विपन्न एवं जेहेन्दार १४ छात्रछात्रालाई जनही रु पाँच हजारका दरले रु ७० हजार र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पोखरालाई रु २५ हजार वितरण गरेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका–१५ बाट निर्वाचित बानियाँका अनुसार निर्वाचनका अवसरमा जनतासमक्ष गरेका प्रतिबद्धताअनुसार नै विकास निर्माणमा जुटेको बताउँदै देखिने गरी परिणाम आउन समय लाग्ने बताउनुभयो ।(तस्वीर उपलब्ध छ) –––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू