०७ चैत २०८१

लाखौँको धनमाल चोरी

२२ श्रावण २०७६, बुधबार ०९:५७ मा प्रकाशित

बर्दिवास, २२ साउन महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ को अतिब्यस्त चोकमै लाखौँको धनमाल चोरी भएको छ । पूर्वपश्चिम राजमार्गबाट ५० मिटर दूरी र बर्दिवास–जलेश्वर सडकको मुखमै रहेको बर्दिवास–१४ स्थित विवेक ज्वेलर्सबाट मङ्गलबार राति चाँदी र नगदसहित रु पाँच लाखको धनमाल चोरी भएको हो । राति सुन चाँदी पसल विवेक ज्वेलर्सको मुख्य सटर फोडेर चोरी भएको पाइएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । पसल सञ्चालक श्यामकिशोर साहले पाँच किलो चाँदीका तयारी गहना र रु ७५ हजार नगद चोरी भएको बताएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो । चोरले पसलको मुख्य सटर तोडेर भित्र पसे पनि मुख्यसेफ भने फोड्न नसक्दा सुन लान नसकेको ज्वेलर्स सञ्चालक साहको भनाइ छ । पसलभित्र प्रदर्शनीमा राखिएका चाँदीका गहना र नगदसहित रु पाँच लाखको धनमाल भने चोरले लगेका साहले बताउनुभयो । बर्दिवास नगर क्षेत्रमा लागुपदार्थ दुव्र्यसनी यस्ता चोरीका घटनामा सरिक हुने गरेका स्थानीय व्यापारी बताउँछन् । पूर्वपश्चिम राजमार्गको भोला वसन्तचोकस्थित प्रहरी बिटबाट चोरी भएको पसलको दूरी ५० मिटर रहेको छ । यसैबीच प्रहरी नायब उपरीक्षक थापाले नजिकका पसलमा रहेका सिसी क्यामेराको फुटेजका आधारमा प्रारम्भिक अनुसन्धान थालिएको बताउनुभयो । –––

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter