०९ माघ २०८१

कायरोमा सवारी दुर्घटना, १९ जनाको मृत्यु

२० श्रावण २०७६, सोमबार १४:५० मा प्रकाशित

कायरो, २० साउन इजिप्टको राजधानी शहर कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोट सहित दुर्घटना भएको बताएका छन् । उक्त घटनामा घाइते भएका अरु तीन जनाको अवस्था नाजूक रहेको छ । दुर्घटनास्थलमा अरु पनि कारहरु जलेको अवस्थामा भेटिएको प्रहरीको भनाई छ । ––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter