१८ चैत २०८१

नहर बगाउँदा विद्युत् अवरुद्ध

१९ श्रावण २०७६, आईतवार ११:५८ मा प्रकाशित

मार्तडी, १९ साउनजिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको बाउलीखोलाले नहर बगाउँदा शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । लेकाली भेगमा अविरल वर्षापछि खोलामा बाढी बढेकाले नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताउनुभएको छ । उहाँले खोला एकतर्फी बगिरहेकाले आइतबार साँझसम्म विद्युत् सेवा सञ्चालन हुनसक्ने बताउनुभयो । एकसातादेखि अनियमित हुँदै आएको विद्युत् पुनः खोलाले नहर बगाउँदा सेवाग्राही अझै मारका परेका छन् । विद्युत् सेवा नहुँदा यहाँका सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न इलेक्ट्रोनिक सञ्चारमाध्यमसमेत ठप्प भएका छन् । एकसाता अघि विद्युत्को जेनेरेटरमा आगलागी हुँदा अनियमित हुँदै गएको विद्युत् खोलाले नहर बगाउँदा अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा यहाँ कार्यालयको दैनिक कामकाज ठप्प हुनुका साथै सेवाग्राही मर्कामा परेका छन् । जलविद्युत् केन्द्रमा हाल १३ सय बढी ग्राहक छन् । –––

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter