०९ माघ २०८१

अल कायदाको आक्रमणमा १९ सैनिक मारिए

१७ श्रावण २०७६, शुक्रबार १५:४५ मा प्रकाशित

, १७ साउन दक्षिण यमनमा रहेको एक सैन्य शिवीरमा शुक्रबार अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ । सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमण भएको एक दिन पछाडी पुनः अल कायदाको आक्रमण भएको छ । यस आक्रमण्मा परी कम्तीमा ४७ यमनी प्रहरीको मृत्यु भएको थियो । मारिएका ती प्रहरीहरु प्राय नयाँ भएका जनाइएको छ । यस आक्रमणमा परी दर्जनौं प्रहरी जवान घाइते भएका चिकित्सकहरुले बताएका थिए । आब्यान प्रान्तमा रहेको अल माहफिद शिवीरमा सशस्त्र रुपमा आएका बन्दुकधारीहरुले आक्रमण गरेका सुरक्षा अधिकारीहरुले एएफपी समाचार समितिलाई जनाएका छन् । यसरी आक्रमणमा परी १९ सैनिक मारिएका अन्य केही घाइते र यस घटनाको विस्तृत विवरण मृतकको सङ्ख्या दुई सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter