०३ माघ २०८१

तनहुँमा ८५ प्रतिशत घरधुरीमा बिजुलीको पहँुच

१२ श्रावण २०७६, आईतवार १६:१३ मा प्रकाशित

तनहुँ, १२ साउन  ,,  आर्थिक बर्ष ०७५÷७६ सम्म तनहुँमा ८५ प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले एक हजार नयाँ घरधुरीमा बिजुली विस्तारपश्चात् जिल्लाको ८५ प्रतिशत घरधुरीमा बिजुलीको सुविधा पुगेको हो । बाँकी १५ प्रतिशत घरधुरीमा पनि छिट्टै बिजुली विस्तार गरी विद्युत् पहुँच पु¥याउने योजनाका साथ प्रक्रिया अघि बढाइसकिएको कार्यालय प्रमुख इञ्जिनीयर शिवनारायण गोशलीले बताउनुभयो । उहाँका अनुसार जिल्लाको देवघाट, रिसिङ, बन्दीपुर र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिकाका १२ हजार घरधुरीमा बिजुली सुविधा पुगेको छैन । उहाँले भन्नुभयो, “कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरिसकेको छ ।” उहाँले आँबुखैरेनीको छापस्वाँरा, व्यासको सुँढे, बागभञ्ज्याङ, शीतलगुफा, रिसिङको नाजुङ, दुभुङ, खाल्टुभञ्ज्याङ, गुम्लेक, भानुको खहरे, जुनडाँडा, साराङघाट, ग्याजाटार, बन्दिपुरको तीनधारा जुनडाँडा भानुको खहरे, भन्सार, म्याग्देको मुलावारी, ओटाङ्दी र मिलनचोकम ट्रान्सफर्मर थप गरिएको हो भन्नुभयो । कार्यालयले सबस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपे लगायतका ग्रामीण बस्तीमा बिजुली सेवा विस्तार गर्ने योजना रहेको छ । त्यसैगरी बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका–५ र ६, बन्दीपुर गाउँपालिका–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायत बुद्धसिंमार्ग छेउछाउका बस्तीमा विद्युतीकरण विस्तार गरिने कार्यालय प्रमुख गोशलीले जानकारी दिनुभयो । “आर्थिक वर्ष ०७५÷७६ मा दुई हजार १०७ नयाँ ग्राहक थपिएको सो कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा जिल्लामा ३४ हजार ११६ ग्राहक रहेकामा ०७५÷७६ मा ३६ हजार २२३ ग्राहकले विद्युत् सेवा उपभोग गरिरहेका छन्”, केन्द्रप्रमुख गोशलीले भन्नुभयो । “केन्द्रले गत वर्षको तुलनामा आव ०७५÷७६ मा रु पाँच करोड दश लाख २९ हजार ४२ भन्दा बढी राजश्व सङ्कलन गरेको छ ।” आव ०७५÷७६ मा तीन करोड ६१ लाख १९ हजार ३४२ युनिट विद्युत् बिक्री गरेर रु ३८ करोड ४४ लाख १० हजार ९३१ सङ्कलन गरेको छ भने आव ०७४÷७५ मा तीन करोड ४१ लाख ९५ हजार २०६ युनिट विद्युत् बिक्री गरी रु ३३ करोड २९ लाख ८१ हजार ८८८ राजश्व सङ्कलन गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter