सखुअवा चौक देखी श्री देवी मा.वि. सम्म को सडक विस्तार र नाला निर्माण योजना लामो सङ्घर्ष र विभिन्न किसिमका अनावश्यक अवरोधहरुको वावजूद करिब ८० प्रतिशत कार्य सफलता पुर्वक सम्पन्न भएको छ। दुई/चार ठाउँमा अझैँ पनि अवरोध कायम छन्।
पक्की सडक कसलाई चाहिएको थियो? नाला कसलाई चाहिएको थियो? काठमाडौं, विरगंज, जनकपुर मा बस्नेहरुलाई, जो बर्ष दुई बर्षमा गाउँ झर्छन्, राजनीति गर्न, उहाँहरुलाई किन चाहियो र पक्की सडक। जो सँग प्रयाप्त जग्गा, जमिन छ। जसले गाउँलाई विगत ३५/४० बर्षदेखि चलाए। उहाँहरुलाई किन चाहियो र पक्की नाला।
उहाँहरुको पालामा थुप्रै योजना र बजेट आए तर प्राय: फ्रिज भयो। एउटा पनि ठोस योजना आएनन्। जे भयो आधा अधुरा भयो। त्यहिँ भएर होला, रु ४५ लाखको लागतमा ‘शहिद गेट’ को हाप साईजको आठ वटा पिलर मात्र खडा भएको र विगत दश बर्षदेखि अलपत्र परेको। सायद सबैको आ-आफ्नै स्वार्थ थियो। तर के गाउँको विकास, प्रगती, गरीब र मजदुर जनताको खुशी र सम्पन्नता भन्दा पनि ठुलो कुनै स्वार्थ थियो र।
जब असार, साउन को महिनामा मेरो हजुरआमा मर्मत गरिएको चपल लगाएर निस्कनु हुन्छन् ती हिलो हिलो भएको सडकहरुमा र त्यही हिलोमा फसेर जब उहाँ अलपत्र पर्नुहुन्छ। मेरै गाउँको एउटा बुद्धिजीवी मान्छे जो जागीर गर्छन। बर्षायाममा हातमा जुत्ता बोकेर, गाडी समात्न हिलो हुदैँ चौक सम्म पुग्छन्। सायद उहाँहरुलाई पक्कै पनि पक्की सडक चाहिएको होला। कल (ट्युववेल) भएर पनि, पानी निकासी बिना ठप्प रहेको। र ती बुद्धिजीवीहरु कहाँ जाँदा कहिले काहीँ दुई चार वटा गाली खानु परेका मेरा ती प्रिय गाउँबासीहरुलाई पक्कै पनि पक्की नाला चाहिएको होला।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू