१० माघ २०८१

दाङमा चार लाखभन्दा बढी बिरुवा रोपियो

९ श्रावण २०७६, बिहीबार १२:५० मा प्रकाशित

दाङ, ९ साउन   ,,  दाङमा यो वर्ष साढे चार लाख बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका तुलसीपुर, घोराही , लमही भालुवाङ र गढवाका विभिन्न स्थानमा पछिल्लो तीन महिनाको अवधिमा चार लाख बिरुवा रोपेको हो । डिभिजन वन कार्यालय दाङका वन अधिकृत दीपक ज्ञवालीका अनुसार ती बिरुवामध्ये केही व्यक्तिले आ–आफ्ना निजी जग्गामा रोपेका छन् भने धेरै बिरुवा अभियानकै रुपमा सार्वजनिक स्थल तथा बगर क्षेत्रमा रोपिएका हुन् । त्यसैगरी स्थानीय सामुदायिक वन समूहसँग समन्वय गरेर स्थानीय सरकारका प्रतिनिधि, सुरक्षा निकाय, नागरिकहरुको सहभागितामा वृक्षरोपण गरिएको पनि वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ६० बिघा क्षेत्रफलमा बिरुवा रोपिएको छ जसमा तुलसीपुर क्षेत्रमा बीस बिघा, घोराहीमा ३० बिघामा वृक्षरोपण गरिएको हो । अन्य लमही क्षेत्रको जमिनमा रोपिएको छ । त्यसैगरी सडक, किनारा, मठमन्दिर लगायतका सार्वजनिक क्षेत्रमा पनि बिरुवा रोपिएको छ । वृक्षरोपण गरिएका खुल्ला ठाउँहरुमा बिरुवा जोगाउन चुनौतीसमेत रहेको छ । कार्यालयले ती ठाउँहरुमा तारबार गर्ने बिरुवालाई जाली लगाउने जनाएको छ । वन डिभिजन कार्यालयले अमला, बकाइनो, खयर सिसौ, मसला, टिक, टटेलो, आँप र बाँसका बिरुवा १० लाखभन्दा बढी उत्पादन गरी किसानहरुलाई निःशुल्क प्रदान गर्दै आएको छ । बिरुवा आवश्यक परे सम्बन्धित स्थानमा रहेका वन डिभिजन कार्यालयमा सम्पर्क राख्नसमेत अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter