०३ माघ २०८१

जडीबुटी उत्पादनमा लगानी

८ श्रावण २०७६, बुधबार १२:२२ मा प्रकाशित

बलेवा, ८ साउन  ,,  तराखोला गाउँपालिका–५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी संस्थाले जडीबुटी खेती विस्तार तथा भण्डारण कार्यक्रम सञ्चालनमा ल्याएको छ । डिभिजन वन कार्यालय बागलुङको रु २० लाख अनुदान र सहकारीको रु छ लाख गरी रु २६ लाखको लगानीमा जडीबुटी खेती विस्तार तथा भण्डारण शुरु भएको कार्यालयका नायब सुब्बा नारायणराज सापकोटाले जानकारी दिनुभयो । सहकारीका शेयर सदस्यले तारखोलामा तीन हजार केजी सतुवा, चार हजार केजी चिराइतो, चार हजार केजी लौठसल्ला उत्पादन गरेका छन् । झण्डै १० हजार केजी जडीबुटी उत्पादन गरिसकेका उनीहरुले अझै उत्पादन बढाउने तयारी गरेका छन् । चिराइतो र लौठसल्लालाई विभिन्न रोगविरुद्धको औषधि बनाउन प्रयोग गरिन्छ । जडीबुटी विकासअन्तर्गत पाँच वटा सामुदायिक वन उपभोक्ता समूहलाई जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि डिभिजन वन कार्यालयले रु १५ लाख बजेट दिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter