केयरखबर
साउन-७ गते,-काठमाडौं
देशै भरी बाट साउदी अरेबिया हज गर्न जाने करीब पन्ध्र: सय जना हजयात्रीहरूको लागि केयर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिदै छ। कश्मीरी तकिया मस्जिद स्थित केयर फाउण्डेशन द्वारा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
आज सातौं दिन सम्म आईपुग्दा स्वास्थ्य शिविरमा करीब छ सय हजयात्रीहरू निःशुल्क सेवा हासिल गरिएको जानकारी फाउन्डेशनका अध्यक्ष अब्दुल मोबिन खानले दिए।
असार३१ गते देखि संचालन गरिएको स्वास्थय शिविर सम्पूर्ण हजयात्रीको साउदी अरेबियाको लागि प्रस्थान नभए सम्म जारी राखिने छ ।
रेशमा बानू साहको संयोजकत्वमा डाक्टर संजीव साह, डॉक्टर मनरुल हक, डा नेहाल अशरफ, सलमा बेगम मिया(नर्स), सन्तोषी साह(नर्स) र डा अब्दुल्लाह लगायत चिकित्सकहरूको टोली खटीएको छ ।
अल हयात म्यानेजमेन्ट र मास टेक्नोलोजीको सहयोग प्राप्त रहेको शिविरमा हाजिहरु सन्तोषजनक सुविधा प्राप्त गरिरहेका छन ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू