तनहुँ, ७ असार ,, गत आर्थिक वर्षमा तनहुँमा रु पाँच अर्ब ८१ करोड २७ लाख दुई हजार ९२७ राजश्व सङ्कलन गरिएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव २७ प्रतिशतले वृद्धि भएको हो । आव २०७४÷७५ मा रु ८२ करोड ९७ लाख ७६ हजार ५८५ राजश्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार, गत आर्थिक वर्षमा सङ्घतर्फ रु चार अर्ब ९३ करोड ६५ लाख १० हजार ६२३ र प्रदेशतर्फ १४ करोड ४७ लाख ६२ हजार ३४७ गरी कूल रु पाँच अर्ब ८१ करोड २७ लाख दुई हजार ९२७ राजश्व सङ्कलन भएको छ । जिल्लामा सबैभन्दा बढी आन्तरिक राजश्व विभागबाट रु चार अर्ब ९३ करोड ६५ लाख १० हजार राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका प्रमुख विष्णुहरि वाग्लेले जानकारी दिनुभयो । यसैगरी गत आवमा सङ्घीयतर्फ रु सात अर्ब ४० करोड ४६ लाख १३ हजार २८१ वजेट विनियोजन भएकामा सो अवधिमा रु सात अर्ब १८ करोड ५८ लाख ६० हजार ७९२ खर्च भएको उहाँले जानकारी दिनुभयो । गत आवमा पूँजीगततर्फ १५ अर्ब ५३ करोड ९१ लाख २१ हजार वजेट विनियोजन भएकोमा सो अवधिमा रु १२ अर्ब ६६ करोड ५३ लाख तीन हजार ८१३ खर्च भएको छ । सङ्घीयतर्फको कूल खर्चमा स्थानीय तहको अंश रु तीन अर्ब ७८ करोड ९६ लाख ३० हजार ७६६ रहेको छ । यसैगरी गत आवमा प्रदेशतर्फ रु एक अर्ब ८२ करोड ८१ लाख ५६ हजार ८२५ वजेट विनियोजन भएकामा सो अवधिमा रु एक अर्ब १८ करोड ५१ लाख ३५ हजार ५७२ खर्च भएको छ । आख्तियारी ढिलो आएका कारण सङ्घको तुलनामा प्रदेशको वित्तीय प्रगतिमा कमी देखिएको कार्यालयका सूचना अधिकारी एवं कोष नियन्त्रक धर्मभक्त बस्यालले जानकारी दिनुभयो । –
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू