१० माघ २०८१

उत्तरी इराकमा सात जना लडाकू मारिए

५ श्रावण २०७६, आईतवार १६:२८ मा प्रकाशित

बग्दाद,  ,,  उत्तरी इराकमा सात जना लडाकू मारिए बग्दाद, ५ साउन (रासस-सिन्ह्वा) – इराकको उत्तरी निनेभे प्रान्तमा इराकी र अमेरिकी गठबन्धन सेनाको संयुक्त सुरक्षा कारबाही तथा हवाई आक्रमणमा इस्लामिक स्टेटका सात जना लडाकूको मृत्यु भएको छ । इराकी सेनाका अनुसार प्रान्तीय राजधानी मोसुलको दक्षिणमा गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् । यस्तै, अमेरिकी गठबन्धनले अल–बाजमा गरेको एक अर्को सैनिक कारबाहीमा तीन जना इस्लामिक स्टेटका लडाकू मारिएका छन् । कारबाहीका क्रममा लडाकूहरु लुक्ने १९ वटा गोप्य स्थानहरु पनि ध्वस्त बनाएको छ । दुबै कारबाहीका क्रममा इस्लामिक स्टेट लडाकूबाट हातहतियार र अन्य सामग्री बरामद गरिएको सेनाले जनाएको छ । इराकमा सुरक्षा व्यवस्था पछिल्ला केही समयदेखि नाटकीय रुपमा सुधार आएको छ । सन् २०१७ को अन्त्यतिर इस्लामिक स्टेट परास्त भएसँगै सुरक्षा व्यवस्थामा सुधार आएको हो । तैपनि इस्लामिक स्टेटले बेलाबखत लुकिछिपी सुरक्षाफौज र नागरिकमाथि सशस्त्र आक्रमण गर्ने गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter