०३ माघ २०८१

अठार वर्षपछि बन्यो शहीद नेपाली छात्रावास

३१ असार २०७६, मंगलवार १०:३२ मा प्रकाशित

तनहुँ, ३१ असार  ,,  तनहुँको व्यासनगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन शहीद चन्द्र नेपाली छात्रावास १८ वर्षपछि सम्पन्न भएको छ । विसं २०५८ मा जग खन्न शुरु गरिएको उक्त छात्रावास भवनको यही २०७५ मङ्सिरमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । विसं २००७ मा बन्दीपुर क्रान्तिमा जेल पर्नुभएका चन्द्र नेपालीलाई जेलबाट निकालेर राणाहरुले हत्या गरेपछि उहाँको संस्मरणमा छात्रावास निर्माण शुरु गरिएको शहीद चन्द्र नेपाली छात्रावास समितिका अध्यक्ष दोबाटे विश्वकर्माले जानकारी दिनुभयो । “छात्रावास भवनको निर्माणकार्य थालिए पनि आर्थिक अभावका कारण लामो अवधि बिताउनुपरेको थियो”, अध्यक्ष विश्वकर्माले भन्नुभयो, “ढिलै भए पनि शहीदको सपनालाई साकार गर्न सकिएको छ ।” क्याम्पसको साढे दुई रोपनी क्षेत्रफल जग्गामा करीब रु ७० लाखको लागतमा १५ कोठे भवन निर्माण गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । सोही क्याम्पसमा अध्ययनरत २० दलित, जनजाति र अभिभावक नभएका छात्रालाई मात्रै छात्रावासको व्यवस्था मिलाइएको छ । छात्रावास भवन निर्माणका लागि तत्कालीन भौतिक आवास मन्त्रालयअन्तर्गतको साना शहरी विकास, जिल्ला समन्वय समिति, व्यासनगरपालिका, सांसद कोष, राष्ट्रिय दलित आयोगलगायतका सङ्घसंस्थाले आर्थिक सहयोग गरेका थिए । अध्ययनमा लगनशील भएका, निम्न आय भएका, ग्रामीण भेगबाट पढ्न आएका, अभिभावक संरक्षकत्व नभएका छात्रालाई प्राथमिकतामा राखेर छात्रावासको प्रबन्ध मिलाइएको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो । उनीहरुलाई खाना बनाएर खुवाउनका लागि एक कर्मचारीलाई छुट्टै तलब दिएर राखिएको छ । क्याम्पस प्रमुख हड्खलेले भन्नुभयो, “गाउँ सेवा कोष, भारतीय राजदूतावास, विश्वविद्यालय अनुदान आयोग, अन्य विभिन्न सङ्घसंस्थालगायतबाट प्राप्त सहयोगबाट छात्रावास सञ्चालनमा सहज भएको छ ।” छात्रावास ३० जना क्षमताको भए पनि आन्तरिक व्यवस्थापन बाँकी रहेका कारण अहिले एउटा कोठामा दुई÷दुईका दरले २० छात्रा राखिएको छ । छात्रावासको आन्तरिक व्यवस्थापन बत्ती, पानी, शौचालय निर्माणपछि अन्य १० छात्रालाई पनि व्यवस्था मिलाइने होस्टल इन्चार्ज कल्पना लम्सालले जानकारी दिनुभयो । छात्रावासमा बिजुली, पानी इन्टरनेटसमेतको मासिक रु एक हजार तिर्ने व्यवस्था मिलाइएको छ । होस्टेलकी इन्चार्ज लम्सालले भन्नुभयो, “खानाका लागि उनीहरुले दाल, भात र तरकारी गरी महीनाभरि भएको खर्चमा प्रतिव्यक्ति भाग लगाएर तिर्ने गरेका छन्, मासिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म खर्च गर्ने गरेका छन् । टुकीको भरमा बस्दै आएका घरपरिवारलाई सौर्यबत्ती तनहुँको बन्दीपुर गाउँपालिकाले टुकीको भरमा बस्दै आएका घरपरिवारलाई सौर्यबत्ती वितरण गरेको छ । गाउँपालिकाले उज्यालो बन्दीपुरअन्तर्गत पहिलो चरणमा गाउँपालिकाभित्रका २० घरधुरीलाई सौर्यबत्ती वितरण गरेको हो । उज्यालो बन्दीपुर बनाउने उद्देश्यअनुरुप बिजुलीको पहुँच नपुगेका र अँध्यारोमा बस्दै आएका घरपरिवारलाई लक्षित गरी गाउँपालिकाले सौर्यउपकरण वितरण गरेको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका, मिटरबक्स किन्न नसकेर टुकीको भरमा जीवनयापन गर्दै आएका परिवारलाई रु १० हजारका दरले करीब रु दुई लाख बराबरको सौर्यबत्ती वितरण गरिएको अध्यक्ष थापाले बताउनुभयो । “गाउँपालिकाभित्रका छ वडाका बत्ती नपुगेका क्षेत्रका स्थानीयवासीलाई प्राथामिकतामा राखिएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “अझै पनि टुकीको भरमा बस्दै आएका घरपरिवारको पहिचान गरी सौर्यबत्ती वितरण गर्ने योजना गाउँपालिकाले बनाएको छ ।” गाउँपालिकाभित्र रहेका यस्ता घरधुरीमा विस्तारै सौर्यबत्ती जडान गरी सबैमा उज्यालोको पहुँच पु¥याउने र उज्यालो बन्दीपुर बनाउने योजना रहेको अध्यक्ष थापाले रासससँग भन्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter