बाजुरा, २७ असार ,, जिल्लाको स्वामीकार्तिक गाउँपालिकाका पूर्वबहादुर साहीले भेडापालन गरेको लामो समय भयो । उमेरले ६० वर्ष नाघिसक्नुभएका साहीसँग अहिले १०० भन्दा बढी भेडा छ तर पछिल्लो समय यस क्षेत्रमा भेडापालन व्यवसाय नै लोप हुन थालेको उहाँले बताउनुभयो । वनजङ्गलमा चराउने ठाउँ नहँुदा र विभिन्न रोगका कारण भेडा मर्न थालेकाले आफू पनि निकै चिन्तित भएकोे साहीको भनाइ थियो । वनजङ्गल घटदै जाँदा र भेडा पाल्नका लागि सरकारले पनि उचित सहयोग नगर्दा भेडापालन व्यवसाय नै लोप हुन थालेको हो । उहाँले भन्नुभयो, “भेडाको ऊनबाट बनेका सामग्रीको माग धेरै आउँछ तर आधुनिक उपकरणको अभावका कारण ऊनका सामान हातैले बुन्ने सम्भावना नहँुदा समस्या भएको हो ।” “भेडाको ऊनबाट राडीपाखी, गन्जी, टोपी, शुरुवाल, कोटजस्ता सामग्री बनाएर आफूले प्रयोग गर्नाका साथै स्वदेश तथा विदेशमा समेत बिक्री गर्दै आएको र ऊनका सामानको माग धेरै भए पनि भेडापालन घट्दा घाटा हुन थालेको छ पहिले सबैले भेडा पाल्थे आम्दानी पनि राम्रै हुन्थ्यो”, साहीले भन्नुभयो । अहिले गाउँका अधिकांश व्यक्ति बिदेश जाने गरेकाले थोरै परिवारले मात्र भेडा पाल्ने गरेकाले लोप हुन थालेको भेडापालन र ऊनबाट बनेका सामग्री प्रवर्धन गर्न राज्यको ध्यान जान जरुरी भएको अर्का भेडापालक मेघबहादुर साहीले बताउनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू