सार्वजनिक गरिएको राष्ट्रिय आर्थिक गणना—२०७५ का अनुसार बाँकेमा अठार हजार ६६६ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । ती व्यावसायिक प्रतिष्ठानमा ४४ हजार ३३३ पुरुष र २० हजार ५४९ महिला गरी कूल ६४ हजार ८८२ जनाले रोजगारी पाएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क कार्यालय बाँकेका प्रमुख पोमनारायण पौडेलले पछिल्लो समय बाँकेमा प्रतिष्ठानहरुको सङ्ख्या बढ्दै गएको बताउनुभयो । बाँकेमा २०७२ देखि २०७५ सम्म नौ हजार २६ वटा नयाँ प्रतिष्ठान सञ्चालनमा आएको तथ्याङ्कले देखाएको छ । नेपालगञ्जमा आइतबार सार्वजनिक गरिएको तथ्याङ्कमा देशैभरी नौ लाख २३ हजार ३५६ व्यावसायिक प्रतिष्ठान रहेको उल्लेख छ । कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका निर्देशक अनिल शर्माले राष्ट्रिय आर्थिक गणनाले राष्ट्रिय लेखाको गुणस्तरमा सुुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू