०७ माघ २०८१

ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधनमाथि दफाबार छलफल

२२ असार २०७६, आईतवार १६:१२ मा प्रकाशित

काठमाडौँ, २२ असार  ,,  प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ (पहिलो संशोधन) माथि दफावार छलफल शुरु भएको छ । उक्त मितिको आज सिंहदरबारमा बसेको बैठकमा ज्येष्ठ नागरिकको परिभाषा, उनीहरुको सुरक्षा र ज्येष्ठ नागरिकका लागि आवश्यक व्यवस्थाका सम्बन्धमा दफाबार छलफल शुरु भएको हो । छलफलमा ज्येष्ठ नागरिकको परिभाषामा ७० वर्षमाथिका लाई वरिष्ठ र ८० वर्षमाथिकालाई अतिवरिष्ठ बनाउने गरीे अनुमोदन गरिएको समितिका सभापति निरुदेवी पालले जानकारी दिनुभयो । सो बैठकमा छोरीका छोरा वा छोरीलाई पनि परिवारकै सदस्यका रुपमा लिइनुपर्ने भनी राष्ट्रियसभाबाट आएको प्रस्तावलाई समितिले स्वीकृत गरेको छ । सांसदहरु दिवयमणि राजभण्डारी, उमा रेग्मी, लक्ष्मणलाल कर्ण, एकवाल मियाँलगायतले आफ्ना बुबाआमालाई सन्तानको कमाइको दश प्रतिशत छुट्याउनुपर्ने, उनीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइनुपर्नेलगायत विषयलाई विधेयकमा समेटिनुपर्र्नेेे धारणा व्यक्त गर्नुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter