०३ माघ २०८१

चार महीनामै स्याउ फल्दा किसान हर्षित

१८ असार २०७६, बुधबार १३:१० मा प्रकाशित

बाजुरा, १८ असार   ,,   जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिनुभयो । सो स्थानमा फुजी, गाला र गोल्डेन जातका स्याउ फल्न थालेको हो । लगाइएको तीन जातमध्ये गोल्डेन र गाला जातको स्याउ फलेको जेटिए कट्टेलको भनाइ थियो । प्रतिबोट झण्डै रु एक हजार १०० पर्ने सो स्याउ एग्रो मनाङसँग समन्वय गरी इटालीबाट ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हाल स्याउ, दाँते ओखर, आँप, अनार, जैतुन, लिचीलगायत सुख्खा ठाउँमा हुने फलफूललाई प्राथमिकता दिई उक्त गाउँपालिकाको देउरा क्षेत्रमा रोपिएको जानकारी दिएको छ कर्णाली करिडोरको बाटो खुलेसँगै गाउँपालिकाले फलफूल खेतीलाई जोड दिँदै माटो परीक्षण गरी ठाउँअनुसार फलफूल खेतीलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो । । गाउँपालिकाले यो परीक्षण सफल भएपछि आगामी दिनमा थप विस्तार गर्ने तयारीमा रहेको उहाँको भनाइ थियो । यसअघि जिल्लाको गौमुल गाउँपालिकामा समेत सोही प्रजातिको स्याउ फलेको थियो । उक्त गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश विकका अनुसार स्याउ लगाएको चार महीनामै फलेपछि आगामी दिनमा समेत सोही प्रजातिका स्याउ लगाउनेतर्फ किसान जागरुप भएको विकको भनाइ थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter