बाँके संवाददाता
नेपाल चिकित्सक संघ बाँकेले समाजिक सञ्जालमा आएको समाचार प्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारी गरेको छ । संघका सचिव डा. पियुष कनोडियाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सञ्जालमा आएको गलत समाचार प्रति आफनो ध्यानाकर्षण भएको भन्दै त्यो कार्यले निस्वार्थ रुपले बिरामीको सेवामा लागेका चिकित्सकहरुको मनोबल गिराउने काम भएको उल्लेख छ ।
नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा कार्यरत डाक्टर फरहत बानुले बिरामीको उपचारमा लाफरवाही गरेको भन्दै सामाजिक सञ्जालमा आरोप लगाईएको थियो। तर डा. बानुले उक्त आरोपमा कुनै सत्यता नभएको बताईन ।
आरोप लगाईएको भनिएका बिरामीको पक्षले पनि त्यो समाचार सत्य नभएको बताएका छन । बिरामीका आफन्त फैजुल हसन जसगढले सामान्य असमझदारीका कारण केहि बिबाद भएपनि समाचारमा आए जस्तो कुरा नभएको बताए । बिबादपछि दुबै पक्ष बीच छलफल भई समस्याको समाधान भएको उनले बताए ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू