०३ माघ २०८१

अपाङ्गता भएकालाई बीस लाख सहयोग

१६ असार २०७६, सोमबार १४:३४ मा प्रकाशित

दमौली, १६ असार   ,,  नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले अपाङ्गता भएका व्यक्तिलाई रु बीस लाख सहयोग उपलब्ध गराएको छ । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहज गराउने उद्देश्यले जिल्लाका विभिन्न ठाउँका व्यक्तिलाई उक्त रकम सहयोग गरिएको जनाइएको छ । ‘नेपालका भूकम्प प्रभावित समुदायमा अपाङ्गता भएका व्यक्तिका लागि सशक्तीकरण र समावेशीकरण कार्यक्रम’ अन्तर्गत रिसिङ गाउँपालिका–७ कोटदरबार, रिसिङ गाउँपालिका–८ रानीपोखरी, व्यास नगरपालिका–८ रिस्ती र भानु नगरपालिका–१३ सतिस्वाँराका अपाङ्गता भएकालाई आर्थिक सहयोग गरिएको उक्त शाखाका सभापति कृष्णहरि वाग्लेले जानकारी दिनुभयो । कोटदरबारका ७९, रानीपोखरीका ५४, रिस्तीका २८ र सतिस्वाँराका ३९ गरी कूल २०० लाई जनही रु १० हजारका दरले रकम प्रदान गरिएको अपाङ्ता समावेशी कार्यक्रमका कार्यक्रम अधिकृत करुणानिधि भट्टराईले जानकारी दिनुभयो । छ महीनामा १२ विप्लब कार्यकर्ता पक्राउ छ महीनाको अवधिमा तनहुँ जिल्लामा नेत्रविक्रम चन्द समूहका १२ कार्यकर्ता पक्राउ परेका छन् । सन् २०१९ को जनवरीदेखि छ महीनाको अवधिमा उक्त समूहका १२ कार्यकर्ता पक्राउ परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । पक्राउ परेकामध्ये पाँच प्रहरी हिरासतमा र एक जिल्ला कारागारमा थुनामा छन् । बाँकी छजना भने अदालतको आदेशमा रिहा भएका छन् । सरकारद्वारा प्रतिबन्धित सो समूहले हिंसात्मक गतिविधि गरेका कारण उनीहरुलाई कानूनबमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले बताउनुभयो । इन्सेकले सार्वजनिक गरेको जिल्लाको प्रतिवेदनअनुसार सो अवधिमा नौ जबर्जस्ती करणीका र पाँच जबर्जस्ती करणीको प्रयासको घटना भएको इन्सेकका प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभयो । जिल्लामा विगतका वर्ष जस्तो सो अवधिमा राज्य पक्षबाट मानव अधिकार हननका घटना नभएको उहाँले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter