११ माघ २०८१

कृष्णानगर नगरपालिका का वडाहरू खुल्ला दिशा मुक्त घोषणा हुदै

१४ असार २०७६, शनिबार १९:५१ मा प्रकाशित

अजय मिश्र / कृष्णानगर असार १४

कपिलवस्तु बकाैली र झण्डेनगर वासीकाे स्वभिमान अबकाे पालाे पूर्ण सरसफाई अभियान भन्ने उद्देश्यका साथ कृष्णनगर नगरपालिका वडा न.३ र १० खुल्ला दिशा मुक्त घाेषणा गरिएकाे छ ।

कृष्णनगर नगरपालिका वडा न. ३ को वडा अध्यक्ष सगीर अहमद खां र १० को वडासचिव राम किशाेेर नाऊले प्रतिवेदन पेश गरेका थिए ।

प्रदेश नम्बर ५ मा कपिलवस्तु जिल्ला नै बाकी रहेकाे हुनाले अ अफ्नाे घरमा चर्पी बनाई नगर, जिल्ला र प्रदेशलाई नै खुला दिशा मुक्त गराउन सहयाेग गरिदिनु हुन र नगरपालिका को चौतर्फी विकास गर्न कुनै कसर बाकी नराखने,जनता ले आस गरेनुसार आफू काम गर्ने प्रतिबद्ध रहेको कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले अनुराेध गरेका छन ।

कार्यक्रम वडा न.३वडाध्यक्ष सागीर अहमद खां को अध्यक्षतामा र वडा नं१० कार्यक्रम १० का वडाध्यक्ष अब्दुल माेबिनकाे अध्यक्षतामा सुरू भएकाे थियाे । कार्यक्रम संचारकर्मी शनि उल्लाह धाेबीले संचालन गरेका थिए भने कार्यक्रमकाे समापन वडाध्यक्ष माेबिन खान र सगीर अहमद खां ले वडालाई खुल्ला दिसा मुक्त घाेषणा संगै कार्यक्रमकाे समापन गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter