०९ माघ २०८१

अस्पताल चोक बाढीको जोखिममा

१२ असार २०७६, बिहीबार १२:५६ मा प्रकाशित

म्याग्दी, १२ असार   ,,  जिल्ला सदरमुकाम बेनी बजारको अस्पताल चोक बाढीको उच्च जोखिममा परेको छ । वातावरणीय असरको ख्यालै नगरी गत हिउँदमा अस्पताल चोकदेखि जामुनाखर्कसम्म खनिएको अव्यवस्थित सडकका कारण अस्पताल चोक बाढीको उच्च जोखिममा परेको हो । बर्खासँगै नाली नभएको सडकबाट दैनिकजसो बाढी आउन थालेको छ । बुधबार अपराह्न ४ बजे आएको बाढीले अस्पतालचोक र कालीपुलका घर तथा पसलमा क्षति पुगेको छ । कालीपुल बसपार्क क्षेत्रमा हिलो जमेर आवतजावतमा समस्या भएको छ । भिरालो पाखोमा खनिएको सडकमा ढलको निकास गर्ने नाली नहुँदा बाढी आएको स्थानीयवासीले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि बाढीको जोखिममा परेको छ । अस्पताल चोकमा रहेका रिहाना थकाली होटल र विजय किराना तथा फलफूल पसलभित्र रहेको तीन वटा कोठामा बाढी पसेर क्षति पु¥याएको छ । मालपोत कार्यालयमा अनलाइन सेवा मालपोत कार्यालय म्याग्दीले मालपोतसम्बन्धी अनलाइन सेवा शुरु गरेको छ । सेवाग्राहीको फोटो, औँठाछाप र हस्ताक्षर सबै डिजिटल नै प्रयोग गर्ने गरी अनलाइन सेवा शुरु गरेको हो । अनलाइन सेवाको डाटा सिंहदरबारमा रहने भएकाले त्यसको दुरुपयोग नहुने, भरपर्दो र विश्वसनीय हुने मालपोत अधिकृत मुकुन्द पौडेलले बताउनुभयो । अनलाइन सेवा प्रवाह भएपछि अहिलेको प्रविधिअनुसार, पारदर्र्शी र सुशासन अपनाउने, तथ्याङ्क राख्ने र राजश्व सङ्कलन गर्नेलगायतका काम हुने भएको छ । पुर्जा बनाउने, जग्गा रोक्का, नामसारी, जग्गा दर्तालगायतका सेवाका लागि दैनिक सयाँै सेवाग्राही कार्यालयमा आउने गरेका छन् । अनलाइन सेवाले कामलाई चुस्त र विश्वसनीय बनाउने अधिकृत पौडेलको भनाइ छ । अनलाइन सेवा शुरु गर्नका लागि मालपोतका कर्मचारीलाई प्राविधिक तालीमसमेत प्रदान गरिएको थियो । प्रविधिको प्रयोगमार्फत् भूमि अभिलेख प्रणालीलाई व्यवस्थित, कर छली रोक्न र सेवा प्रवाहलाई छिटो छरितो बनाउने उद्देश्यले अनलाइन सेवा शुरु गरेको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सेवाग्राहीलाई अनलाइन प्रणालीबाट जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएर बुधबार सेवाको शुभारम्भ गर्नुभएको थियो । पूर्वाधार र प्रविधिको थप व्यवस्थापन गरेर अनलाइन सेवालाई प्रभावकारी बनाउन पहल गर्ने अधिकृत पौडेलले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter