०७ माघ २०८१

काठमाडौँ काङ्ग्रेसको उपसभापतिमा माली

११ असार २०७६, बुधबार १२:१६ मा प्रकाशित

नेपाली काङ्ग्रेस काठमाडौँको उपसभापतिमा विजय माली हुनुभएको छ । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा आज बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो । कार्यसमितिको सचिवमा शङ्कर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ हुनुभएको काङ्ग्रेस काठमाडौँका सदस्य युपी लामिछानेले जानकारी दिनुभयो । काठमाडौँ काङ्ग्रेस यसअघि नै रिक्त सदस्य मनोनयन गरे पनि पदाधिकारी भने मनोनयन गर्न बाँकी रहेको थियो । उक्त पदमा मनोनयन भएसँगै काठमाडौँ काङ्ग्रेस जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । नवनियुक्त पदाधिकारीलाई आजै काङ्ग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बधाई तथा शुभकामना दिनुभएको छ

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter