१२ माघ २०८१

खानेपानी योजना शुरु

५ असार २०७६, बिहीबार १४:३९ मा प्रकाशित

कावासोती, ५ असार   ,,   नवलपरासी पूर्व कावासोतीको जिल्लास्थित सरकारी कार्यालय स्थापना गर्ने स्थलमा खानेपानीको योजना शुरु गरिएको छ । नवलपुरको सदरमुकामस्थित कार्यालय निर्माणस्थलमा खोनेपानीका लागि डिप बोरिङ र होभर हेड ट्याङ्की निर्माण गर्न लागिएको हो । कावासोती–३, राममन्दिरमा रहेको १८७ बिघा क्षेत्रफलमा विभिन्न सरकारी कार्यालय स्थापना गर्ने योजना बनाइएको छ । स्थानीय, प्रदेश र सङ्घ मातहतका जिल्लास्तरका एकीकृत कार्यालय स्थापना गर्ने भनिएको यस स्थानमा पानीको व्यवस्थापन गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले समेत केही दिनअघि सार्वजनिक गरेको बजेटमा नवलपुरमा कार्यालय व्यवस्थापन गर्ने जनाएको छ । कार्यालय स्थापनाको समयमा समेत पानीको आवश्यकता हुने भएकाले यस क्षेत्रमा डिप बोरिङ गाड्ने काम शुरु गरिएको हो । कावासोती नगरपालिका र कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयुक्त लगानीमा ओभरहेड ट्याङ्की र डिप बोरिङ निर्माणको काम शुरु गरिएको हो । कावासोती नगरपालिकाबाट नेपाल सरकारको स्थानीय तहलाई दिने विशेष अनुदानको रु एक करोड ५० लाख र कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको रु एक करोड गरी कूल रु दुई करोड ५० लाखको लागतमा खानेपानीको योजना निर्माण गर्न लागिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले बताउनुभयो । यस योजनाबाट सदरमुकाममा निर्माण हुने कार्यालयसँगै कावासोती नगरपालिका–३ ४ र ९ लगायतका वडाका स्थानीयवासीलाई समेत शुद्ध खानेपानी पु¥याउन सहयोग पुग्ने कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter