०३ माघ २०८१

भीमदत्तनगरमा प्रधानमन्त्री कप क्रिकेट शुरु

४ असार २०७६, बुधबार १२:४४ मा प्रकाशित

कञ्चनपुरको भीमदत्तनगरमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । भीमदत्तनगरस्थित क्रिकेट मैदानमा आयोजित उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले खेलकूदको विकासका लागि प्रदेश सरकारले खेलकूद प्रशिक्षण केन्द्र सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । “प्रदेश सरकारले खेलाडी कल्याण कोषको स्थापना गर्नाका साथै प्रदेश सरकारले रु ३० करोड रकमसमेत विनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “खेलकूदको विकासका निम्ति प्रदेश सरकार सदैव तयार छ ।” राष्ट्रिय खेलकूद परिषद्को सहकार्य तथा स्थानीय महाकाली स्पोर्ट सोसाइटीको व्यवस्थापनमा शुरु भएको प्रतियोगिता असार ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच भइरहेको छ । प्रतियोगितामा उपाधि विजेताले रु चार लाख नगद, ट्रफीसहित पुरस्कृत हुने आयोजकले जनाएको छ । प्रतियोगितामा दोस्रो हुने टोलीले रु तीन लाख नगद, ट्रफी र तेस्रो हुने टोलीले रु दुई लाख नगदसहित पुरस्कृत हुनेछन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter