१० माघ २०८१

अवैध घरेलु मदिरा नियन्त्रण अभियान शुरु

३ असार २०७६, मंगलवार १२:४८ मा प्रकाशित

वीरगञ्ज, ३ असार  ,,  प्रहरीले अवैधरुपमा मदिरा उत्पादन र बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न अभियान शुरु गरेको छ । पर्साको ग्रामीण क्षेत्रमा मदिराका कारण घरेलु हिंसा बढ्दै गएपछि प्रहरीले सो अभियान शुरु गरेको हो । अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले पटेर्वा सुगौली–१ रङ्गपुर बजार एरियामा विभिन्न होटलमा छापामारी अवैध घरेलु मदिरा ११० लिटर नियन्त्रणमा लिई सो मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सीमावर्ती भारतको विहार सरकारले मदिरा बन्द गरेपछि पर्साको ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिराले भारतमा राम्रो बजार पाएका छन् । राम्रो बजार पाएपछि यस भेगमा घरेलु मदिरा बनाउने भट्टीको सङ्ख्या बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि प्रहरीले अभियान नै सञ्चालन गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter