०३ माघ २०८१

उग्रतारा मेलौली सडक कालोपत्र

२७ जेष्ठ २०७६, सोमबार १२:०१ मा प्रकाशित

डडेल्धुरा, २७ जेठ  ,,  निर्माण शुरु भएको तीन दशकपछि डडेल्धुराको उग्रतारा मेलौली सडक कालोपत्र हुन थालेको छ । डडेल्धुराको उग्रतारा मन्दिरदेखि बैतडीको पञ्चेश्वर गाउँपालिकासम्मको यस सडकको कूल लम्वाईमध्ये आठ किलोमिटर सडकको कालोपत्र गर्ने काम शुरु भएको छ । पूर्वाधार विकास कार्यालय डडेल्धुराको कूल रु १२ करोड ४५ लाखको लागतमा कालापत्रे हुन थालेको छ । ‘डिविएस टि’ प्रविधिमा कालोपत्र हुन थालेको सडकको कालोपत्र भने पाँच मिटर चौडाइ रहने पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको सो कामको जिम्मेवारी पाएको राजेन्द्र केएस निर्माण सेवाले बताएको छ । निर्धारीत आठ किलोमिटर सडक कालोपत्र भए अजयमेरु गाउँपालिका–१ र २ का स्थानीय बासिन्दालाई जिल्ला सदरमुकामसम्म आवतजावत गर्न सहज हुनेछ । अजयमेरु गाउँपालिका सहित बैतडी जिल्लाका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्थानीयवासी लाभान्वित हुने गरी यो सडकको निर्माण शुरु गरिएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter