०८ माघ २०८१

सभा भवन अलपत्र

२६ जेष्ठ २०७६, आईतवार १२:३६ मा प्रकाशित

रसुवा, २६ जेठ   ,,   सभा÷सम्मेलन हुँदै आएको जिल्लाकै गहनाको रूपमा रहेको धुञ्चेस्थित सभा भवन अहिले अलपत्र परेको छ ।विसं २०७२ को भूकम्पले सामान्य क्षति बनाएको उक्त भवन मर्मत र संरक्षण नगरिँदा अहिले छानाको जस्ता तथा काठपातसमेत हराउँदै गएको र भित्री भागमा पानी चुहिन थालेको स्थानीय बासिन्दाले बताए । उक्त भवनमा पालेको व्यवस्था नहुँदा छानामा बालबालिकाले ढुङ्गा हानेर भरिदिएका छन् । रसुवामा मोटर बाटो निर्माण हुनुपूर्व सभा÷सम्मेलन गर्न र पाहुना राख्न विश्व बंैकको सहयोगमा रसुवा–नुवाकोट परियोजनाले सो सभा भवन निर्माण गरेको जानकारी दिँदै नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङले विसं २०३४÷३५ मा ढुङ्गा र माटोले परम्परागत शैलीमा बनाइएका सबै सरकारी भवन प्रायः भत्किसकेकाले सभा भवनलाई भने संरक्षण गरी एतिहाँसिक सम्पदाको रूपमा राखिनुपर्ने बताउनुभयो ।तत्कालीन समयमा पाटनका काष्ठकर्मीले अग्राखको काठमा कुँदेर बनाएका विभिन्न देवी÷देवताका मुठलसमेत हराउन थालिसकेकाले यस्ता वस्तुको संरक्षण गर्नुपर्नेमा सरोकारवाला सङ्घसंस्थाले पनि जोड दिए । जनकारहरूका अनुसार रु तीन लाख ३३ हजार ९९९को लागतमा निर्माण भएको सो सभा भवन संरक्षणका लागि गोसाइँकुण्ड गाउँपालिका–६ लाई जिम्मेवार बनाउन लागिएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो । भूकम्प जानुपूर्व सरकारी एवं गैर सरकारी तथा राजनीतिक दलका कार्यक्रमसमेत सोही भवनमा हुँदै आएकाले यो पुरानो संपदा संरक्षण गर्न सके भावी पुस्तालाई चिनोको रूपमा हस्तान्तरण गर्न सकिने उहाँको भनाइ थियो । पूर्वतर्फ छ कोठे पाहुनाघर, पश्चिमतर्फ ३०० भन्दा बढी मानीस अट्ने सभा कक्ष रहेको सो भवनले करीब तीन रोपनी जमीन ओगटेको छ ।यस्तै भूकम्पपछि पुनःनिर्माणको नाउँमा सभा भवनको पश्चिमतर्फ अनुपयुक्त ठाउँमा भवन तथा शहरी विकास एकाइले बनाएको ट्रष्टसमेत संरक्षण नहुँदा जीर्ण बन्दै गएको नागरिक समाजले जनाएको छ । मिनी गोसाइँकुण्डमा पानीको व्यवस्था गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनका लागि तयार गरिएको निर्मित सानो गोसाइँकुण्डमा शनिबारदेखि पानीको व्यवस्था गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको कालिजङ्ग गण तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत तथा जवान, नागरिक समाजका अध्यक्षसमेतको टोलीले धुञ्चेबाट पैदल एक घण्टाको दूरीबाट पाइपद्वारा त्रिशूली नदीको पवित्र जल ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।गङ्गा दशहरा पर्वको अवसरमा गोसाइँकुण्ड मेला भर्न भक्तजन आउने क्रम जारी रहेको तर निलाद्री पर्वत पुग्न नसक्ने भक्तजनलाई पवित्र जलमा स्नान गर्न सहज भएको नागरिक समाजले जनाएको छ । कुण्ड निर्माण भए पनि नदीको सतहभन्दा कुण्डको भाग केही उचाइमा भए पनि दुई÷तीन सय मिटरमाथिबाट पानी ल्याइएकाले अब सानो गोसाइँकुण्डमा जलको नियमित व्यवस्था हुने बताइएको छ । यही २६ गतेसम्म लाग्ने गङ्गा दशहरा पर्वका लागि गोसाइँकुण्डमा मेला भर्न लागि दैनिक सयौँको सङ्ख्यामा भक्तजनको आवत–जातव भइरहेको भइरहेको र लेक लाग्ने समस्या हुनेहरूका लागि नेपाली सेनाको कालिजङ्ग गणद्वारा चोलाङपाटीमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो । यसैगरी गोसाइँकुण्ड जाने भक्तजनका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाइएकाले यात्रुलाई केही समस्या भएमा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरिएको जिल्ला प्रहरी प्रमुख भागेन्द्रपुरूष ढकालले जानकारी दिनुभयोे बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter