रुकुमपश्चिम, २४ जेठ ,, कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि चौरजहारी र सानीभेरी गाउँपालिकाले कृषकलाई कृषि औजार वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ तरकारी र तरकारीको बीउ जोनले ती गाउँपालिकाका कृषकलाई ५० प्रतिशत अनुदानमा ६० लाख मूल्य बराबरका कृषि औजार वितरण गरेको हो । वितरण गरिएका कृषि औजारमा मिनि टेलर, स्प्रे ट्याङ्की, बीउ ओसाउने पङ्खा, बिरुवा रोप्ने र स्टोर गर्ने सामग्री वितरण गरिएको तरकारी र तरकारीको बीउ जोनले जनाएको छ । ती दुबै गाउँपालिकाअन्तर्गतका कृषि समूह तथा कृषि सहकारीलाई सो औजार प्रदान गरिएको हो । ती समूह र सहकारीलाई १८ वटा मिनी टेलर, ६१ वटा स्प्रे ट्याङ्की, २५० वटा तरकारीको बीउ ओसाउने पङ्खा, तरकारीको बिरुवा रोप्ने एक थान मेसिन, ड्याङ गराउने मेसिन एक थान र बीउ स्टोर गर्ने ३५ वटा मेसिन वितरण गरिएको जोन कार्यक्रमका वरिष्ठ कृषि अधिकृत महेशचन्दले जानकारी दिनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू