१० माघ २०८१

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

२४ जेष्ठ २०७६, शुक्रबार १३:४४ मा प्रकाशित
सेन्ट पिटस्बर्ग, २४ जेठ 

चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उहाँहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा रहनुभएको छ । त्यस भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको बयान गर्नुभएको बताइएको छ । उहाँले रुसको सेन्ट पिटस्बर्ग शहरले रुसका धेरै महत्वपूर्ण व्यक्तिहरु जन्माएको भन्दै रुस र रुसी नागरिकका लागि सो स्थान ठूलो गर्व हो भन्नुभएको समाचारमा जनाइएको छ । उहाँहरुले सो भेटका क्रममा उक्त शहरका साथै रुस र चीनको पर्यटकीय एवम् अन्य विविध स्थान र शहरको बारेमा कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ । ती शहरहरुको सुन्दरताको बयान गर्दै आपसी हितका विभिन्न क्षेत्रमा कुराकानी गर्नुभएको थियो । दुई देशका नागरिकबीचको जनसम्पर्क तथा सांस्कृतिक सम्बन्धका बारेमा उहाँहरुबीच कुराकानी भएको थियो । त्यस भेटका क्रममा रुसी राष्ट्रपति पुटिनले रुसले थप चिनियाँ पर्यटकलाई स्वागत गर्न चाहेको बताउनुभएको थियो । चिनियाँ राष्ट्रपति सि सेन्ट पिटस्बर्ग पुगेपछि उहाँ र रुसी राष्ट्रपति पुटिनबीच विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा कुराकानी भएको थियो । समसामयिक अन्तर्राष्ट्रिय राजनीतिका साथै विविध क्षेत्रीय विषयहरुमा उहाँहरुबीच कुराकानी भएको समाचारमा जनाइएको छ । उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको समाचारमा उल्लेख गरिएको छ । चिनियाँ राष्ट्रपति सि बिहीबार बिहान सेन्ट पिटस्बर्ग पुग्नुभएको हो । उहाँ २३ औँ सेन्ट पिटस्बर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा भाग लिनका लागि यहाँ आउनुभएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter