१९ माघ २०८१

एउटै खोलाबाट पाँच लघुजलविद्युत्

२२ बैशाख २०७६, आईतवार १४:२७ मा प्रकाशित

रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत् आयोजना निर्माण भएका छन् भने दुईवटा ठूला आयोजनाको काम पनि भइरहेको छ ।

गाउँलाई उज्यालो बनाउने योजनासहित यस खोलामा करोडांै बजेट लगानी गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । बागलुङ र रुकुमपूर्वको सीमा भूमे–१ लुकुम गाउँलाई शिर बनाएर बग्ने यस खोलामा मात्रै पाँच वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् ।
गाउँपालिका अध्यक्ष बुढाका अनुशार भूमे गाउँपालिका–१ काँक्रीमा ८५ किलोवाट, वडा नं–२ त्रिवेणीमा ४५ किलोवाट, वडा नं–३ क्याङ्सीमा ३५ किलोवाट, –५ सिसाघारीमा १३५ किलोवाट र वडा नं–५ सेरावाङमा–५ किलोवाट गरी जम्मा ३०५ किलोवाट विद्युत् उत्पादन भएको छ ।

उक्त गाउँपालिकाअन्तर्गतका कतिपय ठाउँ अन्धकार नै छन् । सबै नागरिकले बत्तीको उज्यालो पाउन सकिरहेका छैनन् । नागरिकको आवश्यकतालाई परिपूर्ति गर्दै गाउँपालिकाको सबै ठाउँमा विद्युत् विस्तार गरिने अध्यक्ष बुढामगरले बताउनुभयो ।

लुकुम खोलामा गाउँपालिकाले मेघा प्रोजेक्ट सञ्चालन गर्ने गरी पूर्व सम्भाव्यता अध्यनको कामलाई अगाडि बढाइसकेको र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अगाडि बढाउने तयारी भइरहेको अध्यक्ष बुढामगरले बताउनुभयो । ‘‘लुकुम खोलाबाटै हामी ठूला आयोजना सञ्चालनमा ल्याएर अध्यारोमुक्त जिल्ला बनाउने लक्ष लिएका छौँ’’, अध्यक्ष बुढामगरले भन्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter