कपिलवस्तु,२० बैशाख
कपिलवस्तुको शुद्धोधन गाउपालिका वडा नम्बर ६ बासखोरलाई आज खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको छ । शुद्धोधन गाउपालिका वडा नम्बर ६ अन्र्तगत १८ वटा गाउ लाई समेटिएको वडाका कुल १ हजार ४ सय ३५ घरधुरीमा निर्माण भइसकेको हुदा वडालाई खुल्ला दिसा मुक्त घोषणा गरिएको हो । वडाको उक्त तथ्यलाई प्रस्तुत गर्दै वडा अध्यक्ष बिजय बहादुर यादवले खुल्ला दिसा मुक्त वडा घोषणा गरेका हुन । सो अवसरमा वडा अध्यक्ष यादवले सम्पूर्ण बडाका सदस्य वासका कर्मचारी तथा सेवम् सेविकाहरुको सहयोगले मात्र वडालाई खुल्ला दिसामुक्त घोषणा गरिएको बताउदैै शौचालय प्रयोगमा निरन्तरताका लागी सचेतना प्रवाह गरिने बताएका छन् । वडालाई पुर्ण सरसफाई युक्त बनाउने अभियानलाई निरन्तरता प्राथमिकता दिईने उनको भनाई थियो ।
कार्यक्रमका प्रमुख अथिति शुद्धोधन गाउपालिकाका अध्यक्ष निसार अहमद खाले साबुन पानीले हात धुने ६ तरिका सिकाउदै हात धोएर कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष खाले शौचालय निर्माण सगै प्रयोगलाई ध्यान दिन आवश्यक रहेको र आ आफ्नो टोल घर वरिपरि स्वच्छ र सफा राख्ने स्थानियहरु संग बाचा गराउनु भएको थियो । सरसफाईले समाजमा स्वच्छता अभिबृद्धि हुनुका साथै नागरिक स्वस्थ्य हुन समेत सहयोग मिल्ने उनको भनाई थियो । साथै शौचालय प्रयोग नगरेको पाइएमा गाउपालिका बाट पाउने सेवा सुबिधाबाट बञ्चित गराउने समेत वडावासीलाई चेतावनी दिनु भएको छ ।
सो अवसरमा अभियान सफल पार्न महत्पुर्ण भुमिका निर्वाह गरेका दुई दर्जनलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । । शुद्धोधन गाउपालिका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद पोखे्रल, तथा बिभिन्न वडाका वडा अध्यक्ष लगायतले खुल्ला दिसा मुक्त बनाउने अभियान सफल पार्न सबैको सहकार्य आवश्यक रहेको बताएका थिए ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू