पोखरा, १७ वैशाख ,, पोखरामा सोमबार दिउँसो परेको असिनाका कारण बालीनालीमा क्षति पु¥याएपछि कृषक मर्कामा परेका छन् । व्यावसायिक कृषि सञ्चालन हुँदै आएका कास्कीको बाघमारा, मालेपाटन, छोरेपाटन, विरौटालगायतका क्षेत्रमा असिनाले ठूलो क्षति पु¥याएको छ ।
असिनाले फल्दै गरेको लहरेबालीका साथै मौरीपालक किसानलाई पनि क्षति पु¥याएको लामगादी मौरीपालन केन्द्र पोखरा महानगरपालिका–३३ का सञ्चालक शिवराज भण्डारीले जानकारी दिनुभयो ।
लगातार ठूलो सङ्ख्यामा परेको असिना तथा हावाहुरीसहितको पानीले लामगादी मौरीपालन केन्द्रका १५ वटा मौरीको घार पूर्णरुपमा क्षतिग्रस्त भएको उहाँले बताउनुभयो । वरपरका बोट बिरुवामा फुलेका फूलसमेत असिनाले झारे पछि मौरी चरनका लागिसमेत समस्या परेको उहाँले बताउनुभयो । असिनाका कारण कृषकले लगाएका काँक्रो, घिरिम्लो, लौका, गोलभेडा, सिमीलगायतका तरकारीमा क्षति पुगेको छ ।
मालेपाटन कृषि अनुसन्धान केन्द्रमा रहेको लिचीको बगैँचा असिनाले पूर्ण क्षति बनाएको केन्द्रका प्रमुख युवराज भुसालले जानकारी दिनुभयो । केन्द्रभित्र बीउबिजन प्रयोजनका लागि लगाइएका लहरे बालीमा समेत क्षति पुगेको उहाँले बताउनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू