रियो डे जेनेरो ,, ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अगाडि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
यस दुर्घटनामा परी २३३ जनाको शव फेला परेको थियो भने अझै पनि ३७ बेपत्ता रहेका बताइएको छ । अझै पनि कुकुरका साथै अन्य उपकरणको सहायताले बेपत्ता व्यक्तिको अवशेष खोजी कार्य जारी रहेको छ ।
ब्राजिलको राजधानी ब्रासिलियामा संघीय सभाले बिहीबार संसदीय अनुसन्धान नियोगलाई प्रकोपको कारण निर्धारण गर्न आदेश दिएको छ ।
सो प्रकोपको कारण निर्धारण अन्तिम प्रतिवेदनका लागि १२० दिनको समय दिइएको छ । मिनास गराइज राज्यको ब्रुमादिनहोमा सो बाँध रहेको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू