प्रिया अधिकारी/ रुपन्देही बैशाख १२
मिलिजुली किशोरी समुह र सुनगाभा सामुदायिक विकास केन्द्रले संयुत्त रुपमा आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा १ लौसामा रहेको न्यु मुनलाइट युवा कलबको भवनमा ४५जनाको उपस्थिति रहेकोे उक्त कार्यक्रममा मानव बेचबिखन भनेको के हो? के कारणले मानव बेचबिखन हुन्छ? यसको समाधान कसरी गर्न सकिन्छ र महिला हिंसा कहाँ कसरी र कस्तो अबस्थामा हुन्छ त्यस्को समाधान कसरी गर्ने भन्ने बारेमा जानकारी प्रदान गरिएको थियो।मिलिजुली किशोरी समुहकी अध्यक्ष गिता भुजेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मानव बेचबिखन खास गरि गरिबी र अशिक्षाका कारणले हुने गर्दा सबैमा शिक्षाको पहुँच पुर्याउनु पर्ने कुरामा दुर्गा माबिकी शिक्षिका माया ज्ञवालीले आफ्नो मन्तव्य राख्नु भएको थियो lकञ्चन गाउँपालिकाकी वडा सदस्य गोमा कार्कि,टोल विकास समितिका अध्यक्ष लालबहादुर कार्किले महिला हिंसा आफ्नो घर घरमै गरिने भएकले महिला स्वयम् सचेत हुनुपर्ने कुरा बताउदै आ आफ्नो धारणा दिएका थिए भने मिलिजुली किशोरी समुहकी सहजकर्ता सुस्मिता नेपालीले कार्यक्रम सन्चालन गर्नु भएको थियो।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू