२० माघ २०८१

जापानीद्वारा विद्यार्थीलाई पोशाक सहयोग

८ बैशाख २०७६, आईतवार ११:०७ मा प्रकाशित

बेझाड, ८ वैशाख ,,  उज्ज्वल आधारभूत विद्यालय पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा पाल्पामा अध्ययनरत् विद्यार्थीलाई जापानी नागरिकले विद्यालय पोशाक सहयोग गरेका छन् ।

यहाँ अध्ययनरत् विद्यार्थीलाई जापानी नगारिक काजुमासा काकीमी (ओकेबाजे) र मसाहिरो क्युरोको सहयोगमा रु ६० हजार बराबरको विद्यालय पोशाक वितरण गरिएको हो । गरीब, जेहेन्दार, दलित, जनजाति विद्यार्थीलाई नियमित रुपमा विद्यालयमा जाने बानी बसाल्न विद्यालय पोशाक दिएर खुशी बनाएको सहयोग दाता ओकेबाजेले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक केशवराज पङ्गेनीले पोशाक सहयोग गरेकोमा जापानी नागरिकलाई धन्यबाद दिँदै यस कार्यक्रमले बिचमै कक्षा छाड्ने, नियमित विद्यालय नजाने समस्यामा कमी आउने बताउनुभयो ।

विद्यालय पोशाक पाएपछि यहाँका विद्यार्थीहरु खुशी भएका छन् । ग्रामीण र दुर्गम भेगमा सञ्चालित विद्यालयमा अध्ययनरत् विद्यार्थीहरु पोशाक समस्याले पनि विद्यालय नजाने समस्या देखिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter