राष्ट्रिय जनता पार्टी नेपालको तेस्रो वार्षिक समारोह आज मिति २०७५/०१/०७ शनिवारका दिन कालिका स्थानको अमृतभोगमा भेटघाट तथा जलपान कार्यक्रम गरि सम्पन्न भएको हो ।कार्यक्रममा पार्टीका अध्यक्ष मण्डलका संयोजक तथा प्रतिनिधिसभा सदस्य शरत सिह भण्डारी, त्यसतै अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो, महन्त ठाकुर, अनिल कुमार झा , राजकिशोर यादव त्यसतै प्रतिनिधिसभा सदस्य चन्दा चौधरी, प्रदेश न. २ का भौतिक पुर्वधार मन्त्री जितेन्द्र सोनल, राज्य मन्त्री डिमपल झा , पार्टीको महासचिव केशव झा, नेता सुरेन्द्र झा , जेपि यादव , मनिस सुमन, बाबुलाल साह त्यसतै नयाँ शकति नेपालका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई , हिसिला यामि , पुर्व प्रधानन्यायाधीश खिलराज रेग्मी , पुर्व सूचना तथा सन्चार मन्त्री अगनि खरेल , मुस्लिम आयोगका अधयक्ष समिम अंसारी लगायत विभिन्न नेता, युवा नेता , बिधार्थी नेता को उपस्थिति रहेको थियो।
कार्यक्रममा नेता जेपि यादव र केशव झा र डिम्पल झा संगको कुराकानीमा पार्टीको महाधिवेशन छिटोभन्दा छिटो हुने बताए।
राष्ट्रिय जनमुक्ति मोर्चा संग पार्टीका एकीकरणका कारण सबै मिलाएर एकीकरण गर्ने बताएका छन। राष्ट्रिय जनमुक्ति मोर्चाको संगठन ६७ वटा जिल्लामा रहेको ले सबै व्यवस्थापन गरि सबैलाई समेटि एकीकरण गर्ने उदेश्यले वैशाख ७,८र ९ को मितिलाई सारेको पनि प्रष्ट पार्नु भयो। र महाधिवेशनको सम्पुर्ण तयारी पनि नभइसकेकोले महाधिवेशनको मिति सारिएको हो।
अधयक्ष मण्डलका सदस्य महन्त ठाकुरको समयोजकत्वमा महाधिवेशन हुने समेत बताएकाछन।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू