२० माघ २०८१

काठ बरामद

६ बैशाख २०७६, शुक्रबार १३:५२ मा प्रकाशित

सिरहाको मिर्चैया नगरपालिकास्थित एक प्लाइउड उद्योग नजीकै ठूलो परिमाणमा प्रतिबन्धित कर्मा जातको गोलिया काठ बरामद गरिएकोे छ । प्लाइउड उद्योगभन्दा एक किलोमिटर दक्षिणमा थुपारेको अवस्थामा वन कर्मचारीको टोलीले करीब २०० क्यू.फिट काठ बरामद गरेको हो । डिभिजन वन कार्यालयबाट जमदार लखन झाको नेतृत्वमा खटिएको टोलीले काठ बरामद गरेको उक्त कार्यालयका सूचना अधिकारी तथा सहायक वन अधिकृत अमरेन्द्रप्रसाद यादवले आज जानकारी दिनुभयो ।

सरकारले कर्मा जातको काठ कटान गर्न प्रतिबन्ध लगाएकाले यसबारे अनुसन्धान थालिएको उहाँले बताउनुभयो । ठूलो सङ्ख्यामा उद्योग नजीकै सो काठ फेला परेकाले वन कर्मचारी र स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा काठ तस्करी भइरहेको आशङ्का गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter