२० माघ २०८१

जिल्ला प्रशासनमा हतियार बुझाइयो

६ बैशाख २०७६, शुक्रबार १०:३५ मा प्रकाशित

विराटनगर, ६ वैशाख ,,  मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरमा बिहीबारसम्ममा विभिन्न १७ थान हात हतियार बुझाइएको छ । गृहमन्त्रालयको निर्देशनबमोजिम हातहतियार बुझाउने बिहीबार अन्तिम दिनसम्ममा उक्त हतियार बुझाइएको हो ।

गृह मन्त्रालयले विसं २०७५ चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर विभिन्न हातहतियार बुझाउन निर्देशन गरे बमोजिम उक्त हतियार बुझाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले बताउनुभयो । बुझाइएका हातहतियारमा भरुवा बन्दुक र दुईनाले बन्दुक रहेको सहायक प्रजिअ ओलीले जानकारी दिनुभयो । मोरङका जिल्ला प्रहरी कार्यालय मोरङ, उर्लाबारी, बेलबारी लगायतका सुरक्षा निकायका कार्यालयमा हातहतियार बुझाइएको छ । मोरङ जिल्लामा ७२३ जनाको नाममा हतियार दर्ता रहेको र म्यादभित्र २१७ वटा मात्र नवीकरण भएको जिल्ला प्रशासन कार्यालय मोरङका नायब सुब्बा तुलसीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेपाल सरकारको निर्णयबमोजिम एकपटकलाई नवीकरण नगरेका र अवैधरुपमा रहेका हातहतियार बुझाउनलाई निर्देशन दिइएको सहायक प्रजिअ ओलीले बताउनुभयो । समयभित्र नबुझाइएका हातहतियार भेटिएमा कानूनअनुसार कारवाही गरिने पनि उहाँले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter