१० माघ २०८१

चुनावकै बेला भारतमा थप दुई नक्सलवादी मारिए

५ बैशाख २०७६, बिहीबार १३:३९ मा प्रकाशित

दन्तेवाडा, भारत, ५ बैशाख  ,,  भारतको छत्तीसगढ राज्यमा पर्ने कौकोन्डा प्रहरी चौकी अन्तर्गतको सुरक्षा टोलीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा दुई नक्सलवादी मारिएका छन् । लोकसभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले नक्सालवादी विरुद्ध सुरक्षा कारबाही गरेका हुन् ।

लोकसभा निर्वाचन अन्तर्गत छत्तीसगढको कान्कर, राज्नान्गन र महासमुन्द गरी तीन निर्वाचन क्षेत्रमा दोस्रो चरणको मतदान भएका बेला भएको सुरक्षा कारबाहीले निर्वाचनलाई पनि प्रभावित पार्ने आशंका गरिएको छ । यस प्रदेशमा ११ निर्वाचन क्षेत्र रहेका छन् ।

त्यसमध्ये बस्तार निर्वाचन क्षेत्रमा पहिलो चरणमै मतदान भइसकेको छ । नक्सालवादीहरुको बढी प्रभाव रहेको दन्तेवाडा र सुक्मा निर्वाचन क्षेत्रमा कडा सुरक्षाका बीच नागरिकहरुले आज बिहीबार मतदान गरिरहेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter