२० माघ २०८१

घाइते सैनिकलाई काठमाडौँ पठाइयो

५ बैशाख २०७६, बिहीबार १३:३१ मा प्रकाशित

पोखरा, ५ वैशाख ,,   नेत्रविक्रम चन्द्र (बिप्लव) समूहद्वारा पोखरामा राखिएका बमलाई निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

सो बमबाट कालीभञ्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रेहातको हत्केलामा क्षति भएको छ । उहाँको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी गराउनुभयो ।

नेत्रविक्रम चन्द (बिप्लव) समूहले आज पोखराको नदीपुरस्थित प्रदेशसभा नजीकको सडकको छेउमा सो बम राखेको थियो ।

यसैबीच पोखराको चिप्लेढुङ्गास्थित ट्रेडमल नजीकै शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम निष्क्रिय टोली सो स्थलमा पुगेर निष्क्रिय गर्ने तयारीमा जुटेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter