१९ माघ २०८१

जीप दुर्घटनामा चालकको मृत्यु

५ बैशाख २०७६, बिहीबार १०:१७ मा प्रकाशित

बेझाड, ५ वैशाख ,,  रम्भा गाउँपालिका–३ को ताहुँ देउरालीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गाउँपालिका–२ फोक्सिङकोट सुरुमडाँडा बस्ने ३० वर्षीय जिप चालक लालबहादुर सिंजालीको बुधबार साँझ उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते चालकका दाजु देवबहादुर सिंजालीको अहिले सोही मेडिकलमा उपचार भइरहेको छ । लु१ज १७८६ नंको जिप उकालोमा ब्रेक फेल भई ब्याक भएर सडकबाट करीब २०० मिटर तल खसेको थियो । स्थानीय मलेङ भन्ने गाउँमा सामान छाडेर फर्कने क्रममा देउराली नजिकै पुग्न लाग्दा जिप दुर्घटनामा परेको थियो । दुर्घटना बुधबार अपराह्न ४ बजेको समयमा भएको हो ।

विस्फोट

जिल्लाको रिब्दिकोट गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट भएको छ । बुधबार राति करीब २÷३ बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीको टोली घटनास्थलमा पुगी अनुसन्धान भइरहेको बताइएको छ । बम विस्फोटबाट गाउँपालिकाको कार्यालय भवनका सिसा फुटेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter