काबुल, २९ चैत ,, अफगानिस्तानको उरुज्गान प्रान्तमा अफगान सुरक्षाफौजले गरेको कारबाहीमा १८ जना तालिबान लडाकू मारिएका छन् ।
अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा “उरुज्गान प्रान्तमा गरिएको कारबाहीका क्रममा १८ जना भन्दा बढी तालिबान आतङ्ककारी समूहका सदस्यहरु मारिएको” उल्लेख छ ।
कारबाहीका क्रममा भारी र हलुका हातहतियारहरु पनि कब्जा गरिएको विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीका विषयमा तालिबानले केही टिप्पणी गरेको छैन ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू