११ माघ २०८१

झडपमा आठ प्रहरीसहित १५ जनाको मृत्यु

२८ चैत्र २०७५, बिहीबार १४:३८ मा प्रकाशित

कुन्दुज, २८ चैत ,,  उत्तरी प्रान्त कुन्दुजको चाद्र्रा जिल्लामा तालिबानी लडाकू र प्रहरीबीच भएको एक झडपमा परी १५ जनाको मृत्यु भएको छ । यस भिडन्तमा आठ जना प्रहरी र सात जना तालिबानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चाद्र्रा जिल्लाको सदरमुकाम नजिकै रहेको प्रहरी जाँच चौकीमा तालिबान समूहले बिहीबार बिहान सबेरै गरेको आक्रमणपछि दोहोरो गोली हानाहान भएको प्रहरी अधिकारी अब्दुल हाजी जमालले बताउनुभयो । यस झडपमा कम्तीमा दश सुुरक्षाकर्मी र छ जना विद्रोही घाइते भएका छन् ।

चाद्र्रा जिल्लाको ठूलो भागमा कब्जा गरेर बसेका तालिबान लडाकू समूहले भने यस झडपका विषयमा कुनै टिप्पणी गरेका छैनन् । सन् २०१४ को अन्त्यमा नेटोले अफगान युद्धमा प्रत्यक्ष सहभागी नहुने घोषणा गरेलगत्तै अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षाबलको हातमा आएको थियो ।

अफगान सुरक्षा अधिकारीहरुले सन् २०१५ को जनवरी १ बाट सम्पूर्ण सुरक्षाको जिम्मा आफ्नो काँधको लिएपछि सो समयदेखि हालसम्म अफगान सुरक्षा अधिकारीको हताहतको सङ्ख्या बढेको छ । गृहयुद्धमा रहेको अफगानिस्तानमा तालिबान र इस्लामिक स्टेट समूहहरुले सुरक्षा र सरकार समर्थक अधिकारी लक्षित बारम्बार आक्रमण गर्दै आएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter