१९ माघ २०८१

ज्येष्ठ नागरिकलाई दाँत

२८ चैत्र २०७५, बिहीबार ११:१२ मा प्रकाशित

बझाङ, २८ चैत ,,खप्तड छान्ना गाँउपालिका–४ की लक्ष्मी रोकायाका चार दाँत नहुँदा खाना खाँदा र बोल्दा समस्या झेल्नुपरेको थियो । अगाडिपट्टिका देखिने चार दाँत नभएका कारण उहाँले यो पीडा घरका सदस्यलाई समेत पटक–पटक भन्नुभयो । घरको आर्थिक अवस्था कमजोर भएका कारण दाँत हाल्ने चाहना हुँदाहुँदै पनि उहाँले दाँत हाल्नसक्नु भएन । दाँत नभएका कारण लाजले उहाँले सामाजिककार्यमा जानसमेत छाड्नुभएको थियो । केही बोल्न खोज्दा स्पष्ट नहुने भएपछि उहाँले सामाजिक कार्य र साथीसङ्गीसँग समेत बोल्न छाड्नुभएको थियो । अहिले रोकाया खुशी हुनुहुन्छ ।

समाजका मान्छेले थोते भन्दै गिज्याउनेको अगाडि राम्रोसँग बोल्न सक्ने भएपछि उहाँ खुशी हुनुभएको हो । यस्तै समस्या सोही वडा नेटाकाँटीयाका रामप्रसाद जोशीले समेत खेप्नुपरेको थियो । मासु खाने चाहना हुँदाहुँदै पनि उहाँले दाँत झरेका कारण मासु खान सकिन्छ भन्ने लागेकै थिएन । जब गाँउपालिकाले स्थानीय बासिन्दाका लागि स्वास्थ्य शिविर सञ्चालन ग¥यो, उहाँजस्ता दाँतको समस्या भएका ५३ ले दाँत हाल्न पाए । गाँउपालिकाले मदिरा पिएर होहल्ला गर्ने व्यक्तिबाट उठाएको रु चार लाख बराबरको रकमले स्वास्थ्य शिविर सञ्चालन गरेको गाँउपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाले बताउनुभयो । गाउँपालिका र रामप्रसाद स्मृति प्रतिष्ठानले दुर्गामहालिङ मावि चौकामा चलाएको तीनदिने शिविर बुधबार सम्पन्न भएको हो । गाउँपालिकाले मदिरा सेवन गरी होहल्ला गर्नेबाट जरिवानास्वरुप सङ्कलन गरेको रकम र छान्ना क्षेत्रका समाजसेवी विष्णुप्रसाद खत्रीको पहलमा शिविर सञ्चालन भएको हो ।

शिविरमा सामान्य स्वास्थ्य जाँच, हाडजोर्नीको शल्यक्रिया, दन्तरोगको उपचार र आँखाका बिरामीको उपचार भएको थियो । यसका साथै स्त्रीरोग, बालरोगको पनि उपचार भएको गाँउपालिका अध्यक्ष रोकायाले बताउनुभयो । शिविरमा गाउँपालिकाभित्रका पौवागडी, लामातोला, माझीगाउँ, कालुखेती, पाटादेवल गडराय र छिमेकी गाउँपालिका थलारा र छिमेकी जिल्ला बाजुराका बिरामी पनि स्वास्थ्य सेवा लिन आएका थिए । गाउँपालिका अध्यक्ष रोकायले यस क्षेत्रका स्थानीयवासीले शिविरबाट निकै राहत पाएको बताउनुभयो । उहाँका अनुसार शिविरमा सात रोगको उपचार गरिएको छ । सामान्य चिकित्सातर्फ ६९५, हाडजोर्नीतर्फ ८८१, दन्तरोगतर्पm २६१ ले उपचार सेवा लिएका छन् । यसका साथै आँखारोगतर्फ ३८१, स्त्रीरोगतर्फ ५७६, बालरोगतर्फ १९४ र शल्यक्रियातर्फ १० जनाले सेवा लिएको अध्यक्ष रोकायले बताउनुभयो । सबै गरी दुई हजार ९९६ को स्वास्थ्य परीक्षण तथा उपचार गरिएको शिविरमा सहभागी डा किशोरबहादुर खत्रीले जानकारी दिनुभयो ।

यसका साथै शिविरमा ३९४ को अल्ट्रासाउण्ड, १०१ को ल्याव परीक्षण, ३१ को मोतिविन्दुको शल्यक्रिया, ५३ को नयाँ दाँत राखेको पनि उहाँले जानकारी दिनुभयो । शिविरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्रालि, आम्दा हस्पिटल प्रालि बुटवल र हिमाल डेन्टल हस्पिटल प्रालिका विशेषज्ञ चिकित्सकको टोलीले सेवा दिएको थियो । स्थानीय ऐन रोकायले भन्नुभयो, “हामीजस्ता रकम अभावमा उपचार सेवाबाट वञ्चित बिरामीका लागि धेरै राहत भएकोे छ ।” ठूला ठूला चिकित्सकसहित गाउँमै सबैखालको उपचार पाएपछि शिविरको स्थानीयवासीले प्रशंसा गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाले रु चार लाख र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रु पाँच लाख गरी रु नौ लाख खर्च भएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter