१९ माघ २०८१

पर्यटन प्रवद्र्धनमा जुटे चुप्लुङ खिजीवासी

नारायण ढुङ्गाना

२१ चैत्र २०७५, बिहीबार १४:३८ मा प्रकाशित

चुप्लुङ (ओखलढुङ्गा), २१ चैत ,, प्राकृतिक सौन्दर्यता र भौगोलिक विविधताको सङ्गम ओखलढुङ्गाको पिकेडाँडा आफँैमा पर्यटकीय आकर्षणको केन्द्रविन्दु हो । साहसिक पर्यटन तथा हिमशृङ्खलाको मनोरम दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ । पर्यटनको अथाह सम्भावना भएर पनि प्रचार–प्रसारको अभावले ओझेलमा परेको यो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न यतिखेर चुप्लुङ खिजी फलाटेका स्थानीय जुर्मुराएका छन् । स्थानीयवासीको उत्साहलाई स्थानीय सरकार तथा पर्यटन क्षेत्रका विभिन्न निकायले साथ दिएका छन् ।

सुन्दर र रमणीय क्षेत्र रहेको पिके डाँडाबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से लगायतका अग्ला हिम शिखरको नजीकबाट अवलोकन गर्न पाइने र दुई दर्जनभन्दा बढी गुराँस प्रत्यक्ष हेर्न पाइने भएपछि जो कोही लालाहित हुने नै भए । साहसिक पर्यटनको महत्वपूर्ण गन्तव्यको प्रवद्र्धनमा हातेमालो गरी अघि बढ्ने पथप्रदर्शकसमेत रहेका स्थानीय टेण्डु शेर्पाले बताउनुभयो । “प्रकृतिले दिएको उपहार यति सुन्दर डाँडा जहाँबाट मनोरम हिमशृङ्खला र अग्ला डाँडाकाँडा नजीकैबाट अवलोकन गर्न सकिन्छ, उचित प्रचार–प्रसार भएमा पर्यटनको आकर्षक गन्तव्य बन्छ,” उहाँले भन्नुभयो । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको पिके डाँडा क्षेत्र सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा परेको छ । प्रचुर सम्भावना भएको पिके क्षेत्र प्रचार–प्रसारको अभावमा गुमनाम जस्तै रहेको भन्दै खिजीदेम्वा गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) लगायत संस्था पर्यटन प्रवद्र्धनमा जुटेका छन् ।

सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न यो कार्यक्रमले सहयोग पु¥याउने भन्दै आउने दिनमा धार्मिक, साहसिक खेलकूद र आरोहणबाट थप पर्यटन प्रवद्र्धन हुने कार्यक्रम गर्नु खाँचो रहेको ओखलढुङ्गाका सांसद यज्ञराज सुनुवारले बताउनुभयो । यसैबीच खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित पिकेडाँडाबाट २१ किलोमिटरको ‘अल्ट्रा हाफ म्याराथन’ हुने भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र ओखलढुङ्गा पर्यटन विकास समितिको आयोजनामामा यही चैत २३ गते म्याराथन हुने भएको हो । म्याराथनमा ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा रहेको पिकेडाँडा र त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको आयोजक समितिका अध्यक्ष ङवाङङिमा शेर्पाले बताउनुभयो ।

पिकेडाँडाको चार हजार २०० मिटरबाट शुरु हुने म्याराथन दुई हजार ५०० मिटरको खिजिदेम्वा बजारमा आएर टुङ्गिनेछ । म्याराथनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट ६० भन्दा बढी प्रख्यात धावक सहभागी हुने आयोजकले जनाएको छ । म्याराथनका लागि धावकसहितको टोलीले आज चुप्लुङबाट पिकेडाँडाको पदयात्रा शुरु गरेका छन् । करीब २१ किलोमिटर दूरी पार गर्दै पिकेडाँडामा पुगेर म्याराथन शुरु गरिनेछ । महिला र पुरुषलाई छुट्टाछुट्टै विधा राखेर आयोजित म्याराथनमा प्रथम हुने महिला र पुरुषलाई जनही रु ५० हजारसहित ट्रफी प्रमाणपत्रले सम्मान गरिने छ । क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचाँै, छैटौँ र साताँै हुनेलाई रु ४०, ३०, आठ, पाँच, तीन र रु एक हजार नगद पुरस्कार प्रदान गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलकूद पर्यटकको सम्भावना बढी रहेकाले म्याराथनको आयोजना गरिएको आयोजकको दाबी छ । अल्ट्रा धावक भीम गुरुङले साहसिक खेल पर्यटन प्रवद्र्धनमा म्याराथन उपयोगी बन्ने बताउनुभयो । टानका सूचना प्रविधि अधिकृत टेम्बा शेर्पाले राजधानीबाट छोटो दूरीको पर्यटकीय क्षेत्र पिकेडाँडा साहसिक पर्यटनको उपयुक्त गन्तव्य बन्ने सम्भावना रहेकाले प्रवद्र्धनमा जुटेको उल्लेख गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter