१९ माघ २०८१

जनतामाझ जान देउवाको कार्यकर्तालाई निर्देशन

२० चैत्र २०७५, बुधबार २३:४६ मा प्रकाशित

दाङ, २० चैत ,,  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्तालाई जनतामाझ जान आह्वान गर्नुभएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले आज लमहीमा आयोजना गरेको क्षेत्रीय सभामा उहाँले काङ्ग्रेस जनताको पार्टी भएकाले गाउँ–गाउँमा पुगेर जनताको सुख–दुःखमा साथ दिन आग्रह गर्नुभयो । सभापति देउवाले मुलुकमा दिनदिनै आपराधिक घटनामा वृद्धि भइरहेको अवस्थामा सरकारले अभियुक्तलाई समेत कारवाही गर्न नसक्नु दुःखद भएको बताउनुभयो ।

यसअघि आज बिहान भएको पत्रकार भेटघाटमा सभापति देउवाले प्रतिपक्षको भूमिका कमजोर नभएको बताउनुभयो । “हामीले सरकारको खुलेरै आलोचना गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पार्टीभित्रै मेरो खिलाप गर्छन्, यसले पार्टीलाई अलि कमजोर बनाएको छ ।” उहाँले जनमत सङ्ग्रहको नाममा देश टुक्र्याउन नपाइने बताउनुभयो । सरकारले विप्लव समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले फरक प्रसङ्गमा दाङमा पूर्वाधारको अभाव भएकाले प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएको बताउनुभयो ।

“स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै छ, उसैले अब सबै हिसाबले उपयुक्त ठाउँमा स्थायी राजधानी तोक्छ”, सभापति देउवाले भन्नुभयो । उहाँले काङ्ग्रेस महाधिवेशनपछि सङ्घीय संरचनामा जाने बताउनुभयो । कार्यक्रममा काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले काङ्ग्रेसले गरेका विकास निर्माणका कामलाई जनतामाझ लैजान नसकिएको भन्दै जनतामाझ पुग्न आम नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter