१० माघ २०८१

ब्रुनाईमा शरिया कानुन लागू, व्यभिचारी र समलिङ्गीमाथि ढुङ्गा हानिने

२० चैत्र २०७५, बुधबार १६:५३ मा प्रकाशित

 

ब्रुनाई, २० चैत ,,   ब्रुनाईमा व्यभिचारी र समलिङ्गी यौन सम्बन्ध राख्नेमाथि ढुङ्गाले हिर्काएर मारिने समेतका कडा व्यवस्था समेटिएको नयाँ इस्लामिक (शरिया) कानुन बुधबारदेखि लागू भएको छ ।

विश्वका राजनीतिक नेता, अधिकारकर्मी तथा अभियन्तासमेतले चौतर्फी आलोचना गरेपनि ब्रुनाईका सुल्तानले नयाँ कानुनमा हस्ताक्षर गर्नुभएको छ ।

दक्षिण पूर्वी एसियाको सानो मुस्लिम राष्ट्र ब्रुनाईमा यो कानुन वर्षौंपछिको छलफल पश्चात् कार्यान्वयनमा आएको हो । ब्रुनाइमा सुल्तान हस्सनल बोल्किया लामो समयदेखि सत्तामा हुनुहुन्छ ।

नयाँ कानुनमा चोरी गर्नेहरुका हात र खुट्टा काटिने व्यवस्था समेत गरिएको छ । ब्रुनाइको मुलुकी ऐनको यस्तो व्यवस्था खासगरी साउदी अरब समेतका खाडी राष्ट्रमा प्रयोगमा छ । पूर्वी वा दक्षिण पूर्वीएसियामा कठोर शरिया कानुन देशव्यापीरुपमा पूर्ण कार्यान्वयन गर्ने ब्रुनाई पहिलो राष्ट्र हो ।

ब्रुनाइको यस्तो निर्णयप्रति विश्व समुदायले कटु आलोचना गरेको छ । संयुक्तराष्ट्र सङ्घले शरिया कानुनका व्यवस्था “निर्मम र अमानवीय” रहेको जनाएको छ भने प्रसिद्ध नायक जर्ज क्लूनी, पपस्टार एल्टन जोन समेतका कलाकारले ब्रुनाइका सेवा बहिस्कार गर्न आग्रह गरेका छन् ।

ब्रुनाइका सुल्तानको कदमप्रति अरब राष्ट्रले स्वागत गरेका छन् । ब्रुनाइका सुल्तान विश्वकै धनी व्यक्तिमा गनिन्छन् । सुल्तानले नयाँ शरिया कानुन ल्याउन सन् २०१३ मै घोषणा गर्नुभएको थियो । सन् २०१४ मा शरिया कानुनको पहिलो प्रस्ताव सार्वजनिक गरिएको थियो । पहिलो प्रस्तावित कानुनमा दण्डसजाय केही खुकुलो थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter