१० माघ २०८१

रखाइन राज्यका पाँचवटा शहरमा कफ्र्यु

२० चैत्र २०७५, बुधबार १६:४७ मा प्रकाशित

 

याङ्गुन, २० चैत म्यानमारको पश्चिमी राज्य रखाइनका पाँचवटा शहरमा मङ्गलबारदेखि रातिको समयमा निषेधाज्ञा (कफ्र्यु) शुरु भएको छ ।

रखाइन राज्यबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद यु खिन माउङ लाटले रखाइनका याददाउङ, पोन्नाग्युन, क्याउक्ताउ, म्राउक यु र मिनप्यामा कफ्र्यु लगाइएको सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभयो ।

यो कफ्र्यु स्थानीय समयानुसार राति ९ बजेदेखि बिहान ०५ बजेसम्म कायम हुनेछ । कफ्र्यु करिब दुई महिनासम्म जारी रहने बताइएको छ ।

यी पाँचवटा शहरमा साँझको समयमा राजमार्ग र तोकिएका स्थानमा बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

सर्वसाधारण नागरिकको भेषमा सुरक्षा फौजमाथि आतङ्ककारी आक्रमण हुन थालेपछि कफ्र्यु लगाउनु परेको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् ।

यस आक्रमणबाट माननवीय हताहत बढेको र सर्वसाधारणको घरसमेत ध्वस्त भएको बताइएको छ । यद्यपी माउङताउ र बुधिदाउङ शहरका सन् २०१६ देखि हालसम्म कफ्र्यु जारी रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter